ट्याक्टरले ठक्कर दिँदा पाल्पामा आमा–छोराको मृत्यु

२१ माघ, पाल्पा । ट्याक्टरले ठक्कर दिंदा पाल्पामा आमा–छोराको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प. ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले मृत्यु हुने आमा छोरा रहेको बताएका छन् ।तानसेनदेखि खानीगाउँतर्फ जाँदै गरेको ट्याक्टरले सोही तर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते आमाछोरालाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment