रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

२० माघ, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो ।

प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलले हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा गएराति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment