माओवादी स्थायी समितिको बैठक बस्दै

२० माघ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ। बैठक आज(शुक्रबार) दिउँसो ३ बजे बस्ने भएको हो।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने जनाइएको छ।

बैठकमा सत्तारुढ दलभित्र देखा परेको राजनीतिक घटनाक्रम, गृहमन्त्रीको नियुक्तका साथै राष्ट्रिय सभाको उपाध्यक्ष चयनका लागि यही माघ २३ गते हुने निर्वाचनका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

यस अघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment