मध्य फागुनमा सुर्खेतमा क्यानको साधारण सभा

१९ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले फागुन १४ र १५ गते सुर्खेतमा साधारण सभा गर्ने भएको छ। पोखरामा बसेको कार्यसमिति बैठकले फागुन १४ र १५ गते सुर्खेतमा साधारण सभा गर्ने निर्णय गरेको हो।

स्पट फिक्सिङ र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई नेपाल टी–२० लिग गर्न दिएपछि आलोचित बनको क्यानले साधारण सभा गर्न लागेको हो।

सम्झौता अनुसारको रकम चुक्ता नगर्दै फिक्सिङको आरोप लागेको सेभेन थ्री स्पोर्टस्‌ले एक पक्षीय रुपमा सम्झौता तोडेको घोषणासमेत गरिसकेको छ।

यता क्यानले आयोजना गरेको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ।

दुई जना नेपाली क्रिकेटरलाई पक्राउ गरेर अनुसन्धान गरेको छ भने बाँकी ८ जना अझै पक्राउ पर्न बाँकी रहेको सीआईबीले जनाएको छ।

बद्नाम भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई नेपाल टी–२० लिग आयोजना गर्ने जिम्मा दिनु गलत भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले स्वीकारसमेत गरिसकेका छन्। यीनै विषयहरुमा साधारण सभा केन्द्रित हुने बताइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment