माओवादीको स्थायी समिति बैठक बस्दै, पार्टी एकता मुख्य अजेण्डा

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटको बैठक बोलाएको छ। सरकारको नेतृत्व गरिरहेको माओवादीको स्थायी कमिटी बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने बताइएको छ। उक्त बैठकमा पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल हुनेछ।

नेपाल समाजवादी पार्टी लगायतका दलहरुसँग एकताका विषयमा आजको बैठकमा छलफल हुने छ। यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment