विवादित र आलोचित बन्दैछन् गृहमन्त्री लामिछाने

१२ माघ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने एकपछि अर्को विवाद र आलोचनामा फस्दै गएका छन् । पुराना दल र तिनका नेताबाट दिक्क बनेका आम नागरिकको नजरमा उनी नयाँ जोश बोकेका नेताहरु परेका थिए ।

लाजैमर्दाे उपप्रधानमन्त्रीको संख्या, शक्ति केन्द्रको छत्रछायाँमा रहेका फरार सूचीका व्यक्तिलाई पक्राउ गर्न नसक्नु, आरोप लागेका व्यक्तिलाई मन्त्री बनाउनु, कहिले विज्ञप्ती मार्फत प्रहरीले टेरेन भन्नेदेखि उपप्रधानमन्त्री लामिछानेले आफैंले गरेका प्रतिवद्धता विपरित काम गर्न थालेका छन् ।

अदालतबाट दोषी ठहर भइ फरार रहेका एमालेबाट निर्वाचित महोत्तरी–१ का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न भन्दै विज्ञप्ती नै जारी गर्नुपर्याे ।प्रहरी र गृह मन्त्रालयबीचको दुरी बढ्ने संकेत देखिएको छ ।

वर्तमान मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री बनाइएकोमा पनि आलोचना छ । चार मध्ये एक जना लामिछाने नै हुन् । लामिछानेले उपप्रधानमन्त्री हटाउन आफूले गठबन्धनभित्र प्रस्ताव गरेको दावी गरेका थिए, तर त्यो कतै सुनिएको छैन ।

पिर्के सलामीले पनि गृहमन्त्रीलाई आलोचना र विवादमा तानेको छ । पुस १४ गते पिर्के सलामी अस्वीकार गरेका गृहमन्त्री लामिछानेले पुस १६ गते सशस्त्र प्रहरीको कार्यक्रममा पिर्कामाथि चढेर सलामी लिएका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल मेनपावर कम्पनी सञ्चालक रहेको र स्वार्थ बाझिने गरि अर्याललाई मन्त्रालय दिएको भन्दै टिकाटिप्पणी भएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment