सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ

०८ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।

पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य आज भने घटेको हो । विहीबार तोलामा १ लाख ४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार एकै दिन ७०० रुपैयाँले बढेको थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment