अमिताभ बच्चनले मेस्सी, रोनाल्डो, एम्बापे सहितका खेलाडीलाई भेटेको तस्बिर भाइरल, अमिताभलाई देखेर रोनाल्डो हेरेको हेरै

०७ माघ, एजेन्सी । साउदी अरेबियाको राजधानी रियादमा हालै पेरिस सेन्ट जर्मेन पीएसजी र रियाद ११ बीच एक प्रदर्शनी खेल आयोजना भएको छ । यो खेलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमनेसामने भएका थिए । शताब्दीका महानायक अमिताभ बच्चन पनि त्यहाँ पुगेका थिए । उनले खेलाडीहरूलाई भेटेका थिए।

उनलाई यो खेल हेर्न साउदी अरबबाट प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । अहिले अमिताभ बच्चन म्याचको मजा लिदै गरेको तस्विरहरु भाइरल भइरहेका छन् । बिग बीले आफ्नो सोसल मिडिया अकाउन्टमा यी तस्विर र भिडियो शेयर गरेका छन् जुन तिब्र रुपमा भाइरल भइरहेको छ ।

यसका साथ क्याप्सनमा लेखेका छन्- रियादमा एक साँझ त्यहाँ त्यस्तो साँझ थियो क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, एमबाप्पे, सर्जियो रामोस र नेयमार सबै सँगै खेलिरहेका थिए र अतिथिको रूपमा खेलको उद्घाटन गर्न आमन्त्रित गरिएको थियो। पिएसजी विरुद्ध रियाद सिजन।।। अविश्वसनीय१११ अमिताभ बच्चनले स्टार खेलाडीहरूलाई पालैपालो भेटे।

सबैभन्दा पहिले उनले मेस्सीसहित पीएसजीका खेलाडीसँग भेट गरे । त्यसपछि उनले रियाद सिजन ११ का खेलाडीहरूसँग हात मिलाए, जसमा रोनाल्डो पनि थिए। यस क्रममा बिग बीलाई भेटेपछि मेस्सी दंग देखिन्थे भने क्रिस्टियानो रोनाल्डोले उनलाई हेरिरहेका थिए । बिग बीका खेलाडीहरु संगका यी तस्विरहरु लाई धेरैले मन पराइरहेको छ र मानिसहरुले तिनीहरुमाथि कडा कमेन्ट गरिरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment