रिडी पावरले लाभांश पारित गर्न बोलायो वार्षिक साधारण सभा

०६ माघ, काठमाडाैं । रिडी पावर कम्पनी लिमिटेडले लाभांश पारित गर्न माघ २९ गते आइतबार कम्पनीको २१ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीले साझा पावर डेभलपमेण्ट प्राईभेट लिमिटेडको सम्पूर्ण सेयर खरीद गर्ने प्रस्ताव पनि सभामा राखेको छ । यस्तै सभा मार्फत कम्पनीको नाममा रहेका पुराना सवारी साधन मेसिनरी बिक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुधबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार माघ १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment