लोकगायिका छन्त्यालको निधनमा एक दिन देशैभरका दोहोरी साँझ बन्द गरिने

यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने मध्येकि एक थिईन् लोकगायिका नीरा छन्त्याल । गायिका छन्त्याल लाइभ लोकदोहोरी गितका लागि एकदमै चर्चित थिईन् । तर अब उनको गित सुन्न पाइने छैन अब सधैका लागि । उनको निधनमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गहिरो शोक समेत ब्यक्त गरेको छ ।

साथै प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । आज बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको ब्यहोराको विज्ञप्ति जारी समेत गरेको छ ।

प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको हो । गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई एकदमै ठुलो क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ । २२ वर्षीया गायिका छन्त्यालको निधनले संस्था शोकमा डुबेको अध्यक्ष बिजीले बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment