मंसिरमा मात्रै भित्रियो एक खर्ब धेरै रेमिट्यान्स

२९ पुस, काठमाडाैं । मंसिर महिनामा मात्रै एक खर्ब धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

मुलकमा कार्तिकसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मंसिर मसान्तसम्म कुल ४ खर्ब ८० अर्ब ५० करोड भित्रिएको हो ।

नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट ९० देखि ९५ अर्ब हाराहारीमा मात्रै रेमिट्यान्स भित्रने गरेकोमा मंसिरमा उल्लेख्य मात्रामा रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३० प्रतिशतले घटेको थियो ।

यस्तै चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिर महिनासम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१० प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ६.८० प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३० प्रतिशतले घटेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessnepalNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment