ब्राजीलको संसद्‌मा बोल्सोनारोका समर्थक घुसे, यूएस क्यापिटल हाउसको हिंसासँग तुलना

२५ पुस, काठमाडौं । ब्राजीलको संसद्‌मा आइतबार धूर–दक्षिणपन्थी नेता जायर बोल्सोनारोका हजारौं समर्थकले धावा बोले। बोल्सोनारोका समर्थकले सर्वोच्च अदालत र राष्ट्रपति भवन घेराउ गरे।

ब्राजीलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारीले हातमा झण्डा बोकेर संसद् भवनभित्र प्रवेश गरे। केही मानिसले मञ्चमा चढेर प्रदर्शन गरे।

केही प्रदर्शनकारीले त संसद्‌को छतमा चढे र झ्याल तोडफोड गरे। भीषण झडपपछि राजधानीका महत्वपूर्ण भवनमा साँझसम्म प्रहरीले नियमन्त्रण कायम राख्यो। राष्ट्रपति लूला डा सिल्भाले यसलाई फाँसीवादी हमला बताएका छन्।

ब्राजीलमा आइतबार भएको हिंसालाई ६ जनवरी २०२१ मा यूएस क्यापिटलको भवनमा भएको हिंसासँग तुलना गरिएको छ। त्यसबेला डोनाल्ड्र ट्रम्पका समर्थकले क्यापिटल भवनमा धावा बोलेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित कैयौं नेताले हिंसाको निन्दा गरेका छन्।

गत साता मात्रै ब्राजीलका राष्ट्रपतिका रुपमा लूला डा सिल्भाले पूर्व राष्ट्रपतिका समर्थकलाई कडा कारबाही गर्ने वाचा गरेका थिए। यसअघि लूला डा सिल्भाले ट्विट गर्दै भने, ‘हामी सरकार गठनमा जुटेका छौं।

आइतबार हाम्रो मौनताको फाइदा उठाएका छन्। तपाईंहरुलाई थाहा छ कि पूर्व राष्ट्रपतिका कैयौं भाषणले यस्तो कार्यका लागि उक्साहटको काम गरेका छन्। यो उनको पार्टी र उनको जिम्मेवारी हो।’

न्याय मन्त्री फ्लैभियो डिनोले स्थानीय मिडियासँग कुरा गर्दै २०० प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकारी दिए। बोल्सोनारोले गत वर्ष अक्टुबरमा भएको चुनावको नतिजा अस्विकार गर्ने बताइरहेका छन्।

उनले गत साता भएको सिल्भाको सपथ ग्रहणमा पनि भाग लिएका थिएनन्। यद्यपी ६७ वर्षीय बोल्सोनारोले यस हिंसाको जिम्मेवारीबाट दूरी बनाउँदै यसको निन्दा गरेका छन्। हाल उनी अमेरिकामा छन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment