आहा रारा गोल्डकपको फाइनलमा अमेरिकी क्लब

२२ पुस, पोखरा । अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।

बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोस्रो हाफमा दुवै टिमबाट गोल भएन । अन्ततः बीवाइएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् । खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

अब फाइनलमा बीवाइएससीले संकटालाई पार लगाउनुपर्छ । शनिबार पोखरा रंगशालामा संकटा विरुद्ध उत्रिने छ । संकटाले एपिएफलाई हराएर फाइनल प्रवेश गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment