आठौं जितसँगैं लुम्बिनी नेपाल टी-२० लिगको क्वालिफायर्समा

२० पुस, काठमाडौं । काठमाडौं नाईट्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी अलस्टार्स नेपाल टी-२० लिगको क्वालिफायर्समा पुगेको छ ।

प्रतियोगितामा आठौं खेल जित्ने क्रममा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यो नजिता जारी प्रतियोगिताको सबैभन्दा फराकिलो अन्तरको नतिजा हो ।

लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्षा २ मा रहँदै क्वालिफायर्स खेल्ने पक्का भएको हो ।

लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो ।

काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन बनाए । उनले ३० बलमा १ चौका सहित २२ रनमा रन आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडे । कमल सिंह ऐरीले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंका लागि ह्यारी टेक्टर, ईशान पाण्डे र कुशल भुर्तेलले समान २-२ विकेट लिए किशोर महतो, विपुल शर्मा, हर्मित सिंहले १-१ विकेट लिए ।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७० रन बनाए। उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाए ।

गुल्सन झाले ११ बलमा २१ रन बनाउँदै अनिल खरेलबाट बोल्ड भए । कुशल भुर्तेल अभिनाश बोहराको बलमा सुनम गौतमबाट क्याच भए । ह्यारी टेक्टरले ८ बलमा १७ रन बनाए । विपुल शर्मा ५ र अनिल शाह १६ रनमा अविजित रहे ।

काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । वसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment