आरदणिय पत्रकार साथीहरु

१९ पुस, काठमाडाैं । यस मनाङ मस्र्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको जानकारी गराउन चाहन्छौं । क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको छ ।

यस सिजनका लागि अनुबन्ध गरिएका खेलाडीमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर छन् ।

नयाँ सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गरेका छौं । उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौं । आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौं ।
मुख्य प्रशिक्षक किरण श्रेष्ठ भन्नुहुन्छ, ‘मनाङ ठुलो टिम हो । विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ । क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ । मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु ।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment