चरम गरिवी निवारणको लक्ष्य भेट्न नसकिनेः विश्व बैंक

०४ पुष, काठमाडाैं । विविध प्रयासका वावजुत विश्वमा गरिवी निवारणको लक्ष्य भेट्न मुस्किल हुने देखिएको विश्व बैंकले जनाएको छ ।

सन् २०२२ को आर्थिक स्थितिचित्र सार्वजनिक गर्दै विश्व बैंकले कोभिड महामारीको असरदेखि विश्व व्यापी आर्थिक शिथिलताले प्रत्यक्ष असर गरिवी निवारणमा पारिरहेको विश्व बैंकले जनाएको हो ।

विश्व बैंकले हालै सार्वजनिक गरेको एक समिक्षा प्रतिवेदनले गरिवी निवारणको विश्वव्यापी प्रयासमा सन् २०२२ दुई दशक यताकै कमजोर सावित भएको उल्लेख गरिएको छ ।

आगामी सन् २०३० सम्ममा विश्वमा चरम गरिवीका रेखा मुनी रहेको जनसंख्या ३ प्रतिशतमा झार्ने लक्ष्य थियो तर यो लक्ष्य प्राप्ती नहुने देखिएको उसको भनाइ छ ।

विश्व बैंकले सन् २०३० सम्म पुग्दा ६.७५ देखि ७ प्रतिशत रहने उल्लेख छ । यसअनुसार सो अवधिमा पनि ५७ करोड जनता चरम गरिवीमा नै रहने देखिएको छ ।

कोरोना महामारीको दीर्घकालीन असर विश्वव्यापी रुपमै ऊर्जाको मूल्यवृद्धि, रुस युक्रेन युद्ध तथा वातावरणीय प्रतिकुलताले यस्तो अवस्था सृजना हुने विश्व बैंकले आंकलन गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment