अन्तिम मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइँदै

२९ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणा आज निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाउँदैछ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जानकारी दिए।

संवैधानिक प्रावधान अनुसार अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्छ। बुधबार मात्रै आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो।

राष्ट्रपतिलाई बुझाइसकेपछि निर्वाचित सांसदहरुको सूची नेपाल राजपत्रमा प्रकाशन गरिनेछ। यस्तै आयोगले आजै सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पनि मतपरिणामको प्रतिवेदन बुझाउने छ।

आयोगबाट अन्तिम मतपरिणामको प्रतिवेदन बुझेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने प्रवाधान छ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNews
Comments (0)
Add Comment