भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्नुपर्ने अभिव्यक्ति दिने कांग्रेस पूर्वमन्त्री पटेरिया पक्राउ

२५ मंसिर, एजेन्सी । कांग्रेसका पूर्वमन्त्री राजा पटेरिया पक्राउ परेका छन्। उनले मोदीमाथि विवादित टिप्पणी दिएको भन्दै बिहान साढे ५ बजे पक्राउ गरिएको भारतीय मिडियाले जनाएका छन्।

उनलाई मध्येप्रदेशको दमोहको हट्टाबाट पक्राउ गरिएको हो। केही दिनअघि एक भिडियो सार्वजनिक भएको थियो। जहाँ पटेरिया मोदीको हत्याको कहुरा गरिरहेको थिए।

पछि उनले भनाइ फेरेका थिए। हत्या गर्ने नभइ अर्को चुनावमा हराउन भनेको बताएका थिए। उक्त भिडियोमा उनले भनेको सुनिन्छ, ‘मोदी चुनाव सकिदिनेछ। मोदी धर्म, जाति र भाषाका आधारमा विभाजित गरिदिन्छ। दलित, आदिबासी र अल्पसंख्यकको जीवन खतरामा छ। यदि संविधान बचाउने हो भने मोदीको हत्या गर्न तयार हुनुपर्छ।’

उनले हत्याको अर्थ हार रहेको स्पष्टिकरण दिएका थिए। गृहमन्त्री नरोत्तम मिश्राले एफआइआर दर्ता गर्न निर्देशन दिएका थिए। मिश्राले महात्मा गान्धीको कांग्रेसका कार्यकर्ताले यस्तो बताउन नसक्ने टिप्पणी गरेका छन्। उनको भनाइ छ, ‘यो इटलीको कांग्रेस हो। जहाँको मानसिकता मुसोलिनी हो।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarNewsPolitic
Comments (0)
Add Comment