गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने

२४ मंसिर, गान्धीनगर । भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक गर्ने र गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने भएका छन्।

भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जीतपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ।

गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि शनिबार बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ । देसाईले भने, “भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ र गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा गरिनेछ। भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भुपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको सपथ लिन लागेको बताए।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह गान्धी नगरमा हुने शपथ ग्रहण समारोहमा सहभागी हनुहुने भएको छ। भाजपाले गुजरातको कुल १८२ सिटमध्ये १५६ सिट जितेको छ। सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ।

जरातमा नयाँ चुनावी मैदानमा उत्रिएको आम आदमी पार्टी (आप) ले ५ सिट जितेको छ भने समाजवादी पार्टी (सपा)ले एक सिट जितेको छ । यस्तै तीन जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि घाटलोडिया निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार मतको कीर्तिमानी अन्तरले विजय हासिल गर्दै इतिहास रच्नुभएको छ।

भाजपाले गुजरातमा २७ एसटी आरक्षित सिटमध्ये २४ सिट जितेको छ, जुन गत चुनावको तुलनामा १२ सिट बढी हो। आदिवासीहरूले पनि ठूलो सङ्ख्यामा भाजपालाई भोट हालेका छन्। सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ९९, काङ्ग्रेसले ७७ र एनसीपी, बीटीपी र स्वतन्त्र उम्मेदवारले क्रमशः १, २ र ३ सिट जितेका थिए।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment