कतार विश्वकप : नकआउट चरणका दुई खेल हुँदै

१८ मंसिर, काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment