भुसाल ग्रुपको संलग्नता रहेको बीएस मोटर्सको आम्दानीमा आकर्षक वृद्धि

१४ मंसिर, काठमाडाैं । ब्यापारिक घराना भुसाल ग्रुपको संलग्नता रहेको बीएस मोटर्सको आम्दानीमा सन् २०२२ मा आकर्षक बढात्तरी भएकोे छ ।

सन् २०२१ मा १२ करोड ५० लाख रहेको बीएस मोटर्सको सञ्चालन आम्दानी सन् २०२२ मा ६३ करोड २० लाख पुगेको हो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ४०५.६ प्रतिशतले बढ्न पुगको हो ।

बीएस मोटर्स निर्माण उपकरण उत्पादक कम्पनी न्यु होल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ । सन् २०२२मा मात्रै कम्पनीले १०३ वटा न्यु होल्यान्ड ब्याकहुज लोडर बिक्री गरको छ । यस अघि सन् २०२१मा कम्पनीले ३१ वटा ब्याजकुज लोडर मात्रै बिक्री गरको थियो । निर्माण साधनको बिक्रीदरमा सकरात्मक सुधार आउँदा कम्पनीको आम्दानीमा आकर्षक वृद्धि हुन पुगेको छ ।

बीएस मोटर्सले नेपालभर न्यु होल्यान्डका २८ वटा सब डिलर कम्पनीहरुको स्थापना गरको छ । निर्माण कार्य भव्य रुपमा अघि बढ्नु र निर्माण साधनको बिक्री बढ्दै जानुले कम्पनीको वित्तीय सूचांकहरुलाई पनि बलियो रुपमा स्थापित गरेको छ ।

सन् २०२२ मा डिप्रिसियसन, ब्याज, कर, भाडा अघिको सञ्चालन नाफा कूल आम्दानीको ९.४६ प्रतिशत रहेको छ । यसैगरी सेयरधनीहरुको सेयर र कम्पनीको कर्जाको अनुपात (गियरिङ रेसियो)२.५९ रहेको छ ।

यसैगरी न्यू होल्यान्ड ब्रान्ड आफैँमा लोकप्रिय ब्रान्ड रहेको छ । जसकारण मानिसहरुको आकर्षणमा परको छ ।

सन् २०१६ मा स्थापना भएको बीएस मोटर्स न्यु होल्यान्डका निर्माण साधन तथा उपकरणहरुको आधिकारिक बिक्रेता रहेको छ । स्थापनाको समयदेखि नै बीएस मोटर्सले न्यू होल्यान्डका निर्माण उपकरण र स्पेयर पार्टसको बिक्री वितरण गर्दै आएको छ । अटोमोबाइल ट्रेडिङ क्षेत्रमा एक दशक लामो अनुभव बटुलेका अमृत भुसाल बीएस मोटर्सका प्रबन्ध निर्देशक रहेका छन् ।

६१ करोड बराबरको अल्पकालीन कर्जाका लागि केयर रेटिङ नेपालले बीएस मोटर्सलाई ए४ रेटिङ दिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment