फ्रि भिसा, फ्रि टिकटमा हुने ठगीलाई श्रम मन्त्रालयले कडाई गर्ने

१४ मंसिर, काठमाडाैं । फ्रि भिसा फ्रि टिकटको नाममा हुदै आएको ठगी धन्दालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कडाई गर्ने भएको छ ।

मलेसिया लगायतका मुलुकबाट नेपाली कामदारको लागि आएको निशुल्क भिसामा नेपाली एजेण्टद्धारा नै हुने ठगीलाई मन्त्रालयले सुक्ष्म रुपमा अनुगमन गर्ने भएको छ । मंगलबार म्यानपावर व्यवसायीसँगको छलफलमा श्रम मन्त्री शेर बहादुर कुँवरले फ्रि भिसा फ्रि टिकटमा कसैले पनि ठगी गर्न नहुने बताएका छन् ।
मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेको मन्त्री कुवँरले व्यवसायीसंगको छलफलमा बताए ।

“सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना सामान्य परिवारको व्यक्ति मलेसिया जान लार्खौ रकम तिर्न बाध्य छ । यो विषयमा हामी पनि अनुगममा कडाई गछौं तपाईहरुले पनि विशेष ध्यान दिनु होला,” व्यवसायीसँगको छलफलमा उनले भने । साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले म म भनेर लाग्नु पर्ने र सुधारको बटोमा अगाडी बढ्नु पर्ने बताए ।

मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिसां भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरे । मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि समेत मन्त्रालय तयार रहेको उनले जिकिर गरे । मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगिरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

त्यस्तै, श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका सबैले सहकार्य गर्नुपर्ने बताए । मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि उनले व्यवसायीलाई अनुरोध समेत गरे । मलेसियामा सहज रुपमा कामदार पठाउने विषयमा वैदेशिक रोजगार ऐनमा भएका केही अप्ठयारो बुँदालाई संसोधन गर्न मन्त्रालय तयार रहेको समेत उनले जानकारी गराए ।

म्यानपावर व्यवसायीले भने, मलेसियामा कामदार आफुहरुले फ्रि भिसा फ्रि टिकटमै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्टका कारण व्यवसायीको बदनाम हुने गरेको बताएका छन् । उनीहरुले बीचको एजेण्डलाई रोक्नका लागि नीति नियम बनाउन सरकारलाई आग्रह गरे । त्यस्तै म्यानपावर व्यवसायीले मलेसियाबाट कामदारको माग ल्याउने बेला नै पैसा तिर्नु पर्ने भएकाले आफुहरुले बाध्य भएर कहिँ कतै पैसा लिने गरेको बताएका छन् ।

सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment