बिजुलीबजारमा जिपसँग ठोक्किएर मोटरसाइकल चालक घाइते

१४ मंसिर, काठमाडौं । काठमाडौंको बिजुलीबजारमा आज बिहान जिप र मोटरसाइकल ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने २६ वर्षीय विवेक डंगोल घाइते भएका हुन् । उनको उपचार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

बा ६ ४ ३४२९ नम्बरको बोलेरो जिप र विवेकले चलाएको बागमती प्रदेश ०२ ०२२ प ७०७६ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे ठोक्किएका थिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment