नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा, २७४ करोड लाभांश अनुमोदन हुँदै

१२ मंसिर, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ७४ करोड ६१ लाख ३१ हजार १९९ रुपैयाँ लाभांश हनुमोदन सहितका अन्य एजेन्डाहरु पारित गर्न पुस ७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको मंसिर ११ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस ७ गते सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको ४ बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ छ । जसअनुसार ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

जसमध्ये बैंकले ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २१ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति निर्धारण गरेको छ ।बुकक्लोज अनुसार मंसिर २० गते मंगलबारसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment