चाँदीसहित पक्राउ परेका सरोज मन्सुरविरुद्ध राजस्व छलीको मुद्दा

११ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले चाँदीसहित पक्राउ परेका सरोज मियाँ मन्सुरविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।

अनुसन्धानका क्रममा राजश्व छली गर्ने उद्येश्यले चाँदीको कारोबार गरेको पुष्टी भएपछि पाटन उच्च अदालतमा मुद्धा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

मन्सुर गत १ कात्तिकमा पोखरामा ११४ तोला चाँदी र ५७ हजार रुपैयाँ नगदसहित पक्राउ परेका थिए ।

उनलाई राजस्व चुहावटको कसुरमा ५ लाख ४४ हजार ८७४ रुपैयाँ बिगो, बरामद चाँदी जफत र सोको मूल्य बराबर जरिवाना र कैद सजाय माग गरिएको विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment