काठामाडौंको नरदेवीमा सुन पसल चोरी, पेस्तोलसहित ६ जना पक्राउ

०८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको छ। चोरी घटनामा संलग्न रहेको अभियोगमा पेस्तोलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

धादिङ खनियाबास गाउँपालिका–४ घरका ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको थियो।

उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी प्रहरीले बरामद गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment