सुनचाँदीको भाउमा बुधबार गिरावट

०७ मंसिर, काठमाडाैं । सुनचाँदीको भाउ मंगलबारको तुलनामा बुधबार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्दा चाँदीको भाउ ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज बुधबार छापावाला सुन ९६ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३०० र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

हिजो मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रूपैयाँ, तेजावी सुन ९६ हजार ७०० रूपैयाँ र चाँदी १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले बढेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १७३४ डलर तथा चाँदी प्रतिऔंस २०.९५ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment