अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका कैदी पक्राउ

०२मंसिर, काठमाडौं । अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–५ का २८ वर्षीय राजकुमार हेमरम छन्।

जबरजस्ती करणीमा मोरङ जिल्ला अदालतले कारागार चलानको आदेश दिएपछि कैद भुक्तान गरिरहेका उनी अस्पतालबाट भागेका थिए।

क्षयरोग लागेपछि विरानटगरको क्षयरोग अस्पतालमा उपचाररत उनी असोज १५ अस्पतालबाटै फरार भएका थिए। फरार कैदीलाई बिहीबार झापाबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई मोरङ पठाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment