मक्सले टेस्लाको सेयर बिक्री गरेपछि सेयर मूल्यमा गिरावट

२४ कात्तिक, काठमाडाैं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मक्सले टेस्लाको सेयर बिक्री गरेपछि सेयर मूल्यमा भारी गिरावट आएको छ । टेस्लाको सेयर दुई वर्ष यताकै कम हुन पुगेको हो ।

एलन मक्सले ३ अर्ब ९५ करोड डलर बराबरको सेयर बिक्री गरेका छन् । उनले सेयर बिक्री गरेपछि सेयरको मूल्य एकै दिनमा ७.२ प्रतिशतले घटेर आज १७७.५९ डलरमा कारोबार भइरहेको छ ।

सन् २०२२ को सुरुवातमा ३९९.०५ डलर प्रति कित्तामा कारोबार भइरहेको टेस्लाको सेयर आज १७७.५९मा भइरहेको छ । मक्सले विभिन्न समयमा टेस्लाको सेयर बेच्दै आएका छन् । जसकारण टेस्लाको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ ।

सन् २०२२ को अप्रिल महिनामा ट्वीटरको ९ प्रतिशत सेयर खरिदका लागि र अगस्टमा ट्वीटर अधिग्रहण प्रक्रिया अगाडि बढिरहँदा मक्सले टेस्लाको सेयर बिक्री गरेका थिए ।

हालै मक्सले सामाजिक सञ्जाल ट्वीटर अधिग्रहण गरेका छन् । ट्वीटरकै फाइनान्सीङका लागि उनले टेस्लाको सेयर बेचेको आकलन लगानीकर्ताहरुले गरिरहेका छन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment