दुई दिन घटेको सुनको मूल्य तेस्रो दिन पुन: बढ्यो

२३कात्तिक, काठमाडाैं । निरन्तर दुई दिन घटेको सुनको मूल्यमा बुधबार उच्च वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ, तेजावी सुन ९४ हजार ९०० र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर छापावाला ९४ हजार, तेजावी सुन ९३ हजार ५०० रुपैयाँ र चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ स्थिर रहेको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७०८ डलर तथा चाँदी प्रतिऔंस २१.२८ डलरमा कारोबार भइरहेको छ । मगंलबार सुन प्रतिऔंस १६७० डलर तथा चाँदी २०.६३ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment