नागरिक स्टक डिलरले डाक्यो साधारण सभा, कति बाँड्दैछ बोनस ?

२३कात्तिक, काठमाडाैं । नागरिक स्टक डिलरले लाभांश वितरण गर्ने सहितका प्रस्तावहरु पारित गर्न मंसिर १८ गते आइतबार दिउँसो ४ः३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ६.८५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव गर्ने प्रस्ताव गरेको छ । विशेष प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोडको ६.८५ प्रतिशतले हुन आउने २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८।७९ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सभामा कम्पनीको मिति २०७८ चैत ६ गते र मिति २०७८ चैत २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ । यसैगरी कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृत गर्ने, तथा यी निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने हुनेछ ।

साथै विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव सभामा पेश हुनेछ ।

कम्पनीले नियमनकारी निकायको स्वीकृती पश्चात सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतले हुने डेढ अर्ब रुपैयाँ बराबरको १ करोड ५० लाख रुपैयाँ बराबरको को आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले सर्वसाधारण समुहभित्र नै वर्गिकरण हुने सेयर मध्ये गरी कर्मचारीलाई २ प्रतिशत सेयर छुट्याइएको छ । सो प्राथमिक सेयर यस अघिको साधारण सभाले पारित गरेको भएपनि जारी नभएपछि पुनः अनुमोदन गर्न लागेको हो ।

धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतार–चढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी स्थापना भएको हो । नागरिक स्टक डिलर नागरिक लगानी कोषको सहायक कम्पनी हो । स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल स्टक डिलर कम्पनीको जारी ५ अर्ब रूपैयाँ, चुक्ता पुँजी ३ अर्ब ५० कराेड रूपैयाँ र अधिकृत पुँजी १० अर्ब रहेको छ । सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment