बजार अनुगमनलाई निरन्तरता दिइने 

२३कात्तिक, काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरिने बताएकी छन्।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकको अध्यक्षता गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन्। ‘सामानको मूल्य, गुणस्तर र स्वच्छताप्रति उपभोक्ता र व्यवसायी आफैँमा पनि जागरुकता आएको छ। यो ठूलो उपलब्धी हो’, उनले भनिन्।

अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य भएको उनको भनाइ छ। अब सचेतनाका कार्यक्रमलाई पनि सँगै लिएर जानुपर्ने डंगोलले बताइन्।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले औषधिजन्य वस्तुको मूल्य, उपभोग्य मिति, मिश्रण, विक्रेताको अनुमतिलगायतका विषयमा धेरै गुनासो रहेको उल्लेख गरे।

बैठकमा खाद्य पदार्थ नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले पर्वलक्षित अनुगमन सम्बन्धी विवरण अद्यावधिक गराएका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment