गठबन्धन शान्ति सम्झौताकै निरन्तरता होः प्रचण्ड

२२कात्तिक, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले वर्तमान सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् ।

मंगलबार कालीकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले, ‘जुन दिन शान्ति सम्झौता भएको दिन थियो । त्यही दिन गिरीजाप्रसाद कोइरालाले लालसलाम र मैले जय नेपाल भनेको हो ।’

यस्तै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको आरोप लगाए । साथै प्रचण्डले केपी ओलीले यथाअवस्थामा भोट माग्ने कुनै अधिकार नभएको बताए । उनले भने,‘ जनताले सोध्नुपर्छ संसद विघटन गर्नलाई भोट दिने ?’

प्रचण्डले निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए । उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तरोन्नती गर्ने कुरामा आफू प्रतिबद्ध रहेको पनि बताए ।

साथै उनले कालिकोटबाट महेन्द्रबहादुर शाहीलाई जिताएको खण्डमा केन्द्रमा मन्त्री बनाइने बताए । अध्यक्ष प्रचण्डले यसअघि जुम्ला र कालिकोटकै रास्कोटका आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment