मध्यावधि चुनावको परिणामले अमेरिकीहरुको जीवन कस्तो हुनेछ भन्ने निर्क्यौल गर्नेछः बाइडेन

२२कात्तिक, काठमाडाैं । मध्यावधि चुनावअघिको अन्तिम सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबारको निर्वाचनप्रति कायम चिन्तालाई सम्बोधन गर्ने र आशा बढाउने प्रयास गरेका छन् । मेरिल्याण्डमा समर्थकहरुको भिडलाई सम्बोधन गर्दै बाइडेनले आगामी दुई वर्षको संसदीय संरचनाको महत्वबारे प्रकास पार्ने कोसिस गरेका थिए ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडेनले रिपब्लिक पार्टीले बहुमत ल्याएको अवस्था भयानक हुने चेतावनी दिए । प्रतिद्वन्दी रिपब्लिकन पार्टीको बहुमत भए तिनले अमेरिकीहरूको अधिकार कमजोर बनाउने र सामाजिक कल्याणका कार्यक्रमह उल्ट्याउने बाइडेनले दावी गरे ।

‘अर्को वर्ष र आगामी तीन वर्षका हाम्रो छनौटले हाम्रो जीवनकाललाई आकार दिदैछ । मध्यावधि चुनावको परिणामले आम अमेरिकीहरुको जीवन कस्तो हुनेछ भन्ने निर्क्यौल गर्नेछ । आगामी दुई दशकबारे अहिले निर्णय हुँदैछ । त्यसैले मत दिँदा एकदम गम्भिर हुनुपर्छ ,’ बाइडेनले चेतावनी दिए ।

बाइडेनले डेमोक्र्याटहरूले कंग्रेसको बहुमत विस्तार गरेमा गर्भपतन अधिकारलाई जोड दिने वाचा दोहोर्‍याए । तर बाइडेनले कार्यकर्ताहरुलाई उत्साहित गर्ने प्रयासका बाबजुद पछिल्ला सर्वेक्षणले अमेरिकी मतदाताको मुख्य चिन्ता आर्थिक र महगीं रहेको देखेको छ ।

फाईभथर्टीएटले गरेको सर्वेक्षणमा रिपब्लिकनलाई पछिल्लो आर्थिक स्थितिले फाईदो पुग्ने देखिएको देखाएको छ, जसले गर्दा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीको बहुमत आउने सम्भावना उच्च देखिन्छ ।
त्यसबाहेक केही महत्वपूर्ण सिनेट(माथिल्लो सदन) पदमा पनि रिपब्लिकनको सम्भावना देखाउँछ । यी परिदृश्यले डेमोक्र्याटले कंग्रेसका दुवै सदनमा बहुमत गुमाउन सक्ने सम्भावना बढाएको छ ।

यदि रिपब्लिकनहरूले सदन र सिनेटको नियन्त्रण पुनः प्राप्त गरे भने तिनीले आगामी दुई वर्ष डेमोक्र्याट राष्ट्रपतिका नीतिहरुलाई कानुनमा रुपान्तरण हुन रोक्न भरमग्दुर प्रयास गर्नेछन् ।

त्यही अवस्थाबारे चेतावनी दिदैं सोमबारको सम्बोधनमा बाइडेनले कंग्रेसमा रिपब्लिुकन बहुमतले प्रजातान्त्रिक मूल्यमा दूरगामी परिणामहरू निम्त्याउने बताए ।

नोभेम्बर ८ को संसदीय प्रतिस्पर्धामा रहेका सयौं रिपब्लिकन उम्मेद्वारहरूले सन् २०२० को बाइडेनको जितप्रति आशंका व्यक्त गर्ने ट्रम्प समर्थकहरु छन् । राष्ट्रपति बाइडेनले चुनावी परिणाम अस्वीकार गर्नेहरूबाट अमेरिकी लोकतन्त्र खतरामा पर्न सक्ने बताए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment