बन्द हुने अवस्थामा घोराही सिमेन्ट

२२कात्तिक, काठमाडाैं । खानी क्षेत्रको स्थानीय निकायको अवरोधका कारण दाङको घोराही सिमेन्ट उद्योग समस्यामा पर्दै गएको छ । उद्योगले खानीबाट चुनढुँगा ल्याउन बँगलाचुली गाँउपलिकाले रोकिदिएकाले आफ्नो उत्पादन क्षमता पनि घटाउँदै लगेको छ भने कामदार पनि बेरोजार हुन थालेका छन् ।

अहिले क्षमताको ३० प्रतिशतमात्रै उत्पादन गरिरहेको उद्योगले जनाएको छ । दैनिक पाँच हजार टन क्लिङ्कर र ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगमा ३२ अर्ब रुपियाँको लगानी रहेको छ । उद्योगले सगरमाथा ब्रान्डमा ४३ र ५३ ग्रेडका ओपीसी र पिपीसी सिमेन्ट उत्पादन गर्ने गरेको छ ।

बँगलाचुलीको खानीबाट घोराहीका अतिरिक्त साम्राट, सोना र अग्नी सिमेन्टले पनि चुनढुँगा उत्खनन गर्छन् । पालिकाले घोराहि र अग्नीका सवारीसाधन रोके पनि साम्राट र सोनालाई भने चुनढुँगा उत्खनन तथा ढुवानी गर्न दिइरहेको छ ।

सडकमा क्षति पु¥याएको र मर्मत नगरेको भन्दै पालिकाले टिप्पर चल्न नदिएपछि १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको हो । यसले गर्दा खानीमा काम गर्ने ७० जना कामदार कामविहीन भएका छन् ।

अवरोध लम्बिए उद्योग नै बन्द हुन सक्ने खतरा बढेको छ । दैनिक २ सय भन्दा धेरै टिप्पर सञ्चालन हुँदा सडक क्षत विक्षत भएको भन्दै पालिकाले सडक कालोपत्र गराइदिन उद्योगलाई आग्रह गर्दै आएको थियो । समयमै काम नगरेको भन्दै गत पुस १ गतेदेखि उद्योगका टिप्पर चल्न रोकिदिएको हो ।

उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेकाले टिप्पर चल्न रोक लागाइएको पालिकाको सूचनामा उल्लेख छ । यसमध्ये २ किलोमिटर सडक ढलान भइसकेको र १ किलोमिटर कालोपत्र बाँकी छ । सो काम पनि छिट्टै सुरु हुने उद्योगले पालिकालाई आश्वासन दिएको छ । तर पालिकाले भने वर्षाका कारण सडक प्रयोग योग्य नभएको भन्दै ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment