चन्द्र ग्रहण के हो?यसको धार्मिक महत्व!

२१ कार्तिक, काठमाडाै । मिति २०७९ साल कार्तिक २२ गते मंगलबार कार्तिकशुक्ल पूर्णिमा तिथि अपरान्ह : ३ / ५८ वजेसम्म त्यस उप्रान्त मार्गशीर्ष प्रतिपदा तिथि आरम्भ हुने र ये दिन ग्रस्तोदित खग्रास चन्द्र ग्रहण नेपाली आकाशमा साँझ ५ / ११ बजे देखिने र राती ६ / ३४ वजे ग्रहण सकिने हुनाले नेपालमा १ घण्टा २३ मिनेट ग्रहण देखिने छ।त्यसैले यो दिन प्रात : ८ / ११ बजे देखी भोजन निसेध गरिएको छ।तर रोगी, आतुर ,वाल ,वृद्धहरूलाई ग्रहण लाग्नु ३ घन्टा अगि र ३ घन्टा पछी भोजन निसेध र अरू समय भोजन गर्नु मिल्दछ।यो ग्रहणमा भरणी नक्षत्र मेष राशिका व्यक्तिहरूलाई अतिकष्ट हुने भएकोले विचार गर्नु पर्दछ।
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ।खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो।ग्रहण औंसी र पूर्णिमामा लाग्छ।चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।चन्द्रग्रहणमा पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ।यस स्थितिअनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो।यसअर्थले पनि चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ।ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ।ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाईन्छ।वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन।त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्।
पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत ग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्।‘ग्रहणको समय सबै स्थानका जल गङ्गाजल समान पवित्र हुन्छन्।सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा।

वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसँग मेल खान्छन्।अर्थात् सूर्य र पृथ्वी सँग एकै सरल रेखामा पर्छन्।यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्।त्यसबेला ग्रहण हुन्छ।ज्योतिष शास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।
पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको ।त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चांगहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन्।
ग्रहणको समयमा भोजन
सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ।
धार्मिक शास्त्र अनुसार मानिसले भोजन गुर्न हानिकारक मात्र होइन स्वास्थ्य प्रति प्रतिकुल समेत हुने बताइएको छ ।यस्तोमा चन्द्रमामा पर्ने असरको सिंधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिंदै आएको छ।
यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। ज्योतिषशास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ। ग्रहणका कार्य यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ।यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ।
ग्रहण लाग्दा के-के गर्नु हुँदैन ?
पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ ।ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ ।किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् ।यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ ।ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न कामहरू –
१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।
२ भोजन नगर्ने
ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने ।ग्रहणको समयमा भोजन गर्नु हुँदैन ।यदि भोजन बाँँकी छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु ।ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
३ ग्रहणपछि सरसफाइ गर्ने
ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ ।ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरूमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।
४ पुजा नगर्ने
ग्रहण समयमा पुजा गर्नु हुँदैन ।मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ ।यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।यस्ता मन्त्रमा गायत्री मन्त्र,ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।
५ गर्भवती बाहिर जानु हुँदैन
गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन ।ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ ।ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Coronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment