सुनचाँदीको भाउमा उच्च बृद्धि, कति पुग्यो ? 

२० कार्तिक, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेको हो ।

यसअघि प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर ९४ हजार ५०० रुपैयाँ र ९२ हजार ६०० रुपैयाँ रहेको तेजावी सुन बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि चाँदीको भाउ प्रतितोला एक हजार २२५ रुपैयाँ रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment