मतदाता भन्छन्– महँगी र बेरोजगारी घटाए पुग्छ

१९ कार्तिक, पोखरा । कास्कीमा चुनावी रौनक ह्वात्तै बढेको छ। उम्मेदवारहरू घरदैलो गर्न व्यस्त छन् । कामको चटारोले मतदातालाई चुनावी गफ सुन्न फुर्सद छैन । तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि मतदाता उनीहरूको कुरा सुन्न बाध्य छन् ।

पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारले पुरानै नारा र अजेन्डा उठाएका छन् । उनीहरू जनतालाई उही पुरानो बाटो, पुल, पानी, सिँचाइलगायतका विकासका आश्वासन बाँड्दैछन्। तर जनताको माग भने फरक छ । मतदाताले विकासका ठुल्ठुला कुुरा, नारा र योजनाभन्दा पनि महँगी तथा बेरोजगारी घटाउन सुझाएका छन् ।

२०४६ सालदेखि अहिलेसम्म एउटै नारा र अजेन्डा सुनेर जनता वाक्क बनेका छन् । सचेत जनता भने कहिल्यै पूरा नहुने आश्वासनभन्दा जीविका चलाउन सहज हुने अजेन्डा ल्याउन सुझाइरहेका छन् । त्यसमा उम्मेदवारहरूले पनि होमा हो मिलाउने गरेका छन् ।

पोखरा महानगरपालिका–३३ भरतपोखरीकी सोमु विकले कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेलाई जनताले तत्काल राहत महसुस गर्ने कार्यक्रम र अजेन्डा बोकेर मत माग्न सुझाइन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment