उम्मेदवारी खारेजीको निर्णयविरुद्द डा तोसिमा पुगिन् सर्वोच्च, आज पेशी 

१५ कात्तिक, काठमाडौँ । उम्मेदवारी खारेजीको निर्णय गैरकानुनी भएको दाबी गर्दै डा तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ।

आयोगविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा दायरको रिटको पेशी मंगलबारलाई तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदवाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदबारी खारेज गरेको थियो। मंसिर ४ गते निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको छ।

डा. तोसिकमा कार्की

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ। नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेकी हुन्।



मल्टिमिडिया ग्यालरी

business NewsCoronavirusCovid19digital khabardigitalkhabarDoctorDr. Tosima Karkieducation NewselectionElection CommissionElevtion NewshealthHealth NewsHimalayanInternationalinternational newsKathmanduLocal Election NewsMount EverestnepalNewsNIC AsiaPoliticPrime MinisterSher Bahadur DeubatourismtouristVaccineVoteWeatherWorld Economics News
Comments (0)
Add Comment