एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन

१५ कात्तिक, काठमाडौँ । एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।

बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessbusiness NewsCoronavirusCovid19digital khabardigitalkhabareducation NewselectionElection CommissionElevtion NewshealthHealth NewsHimalayanInternationalinternational newsKathmanduLocal Election NewsMount EverestNCC BanknepalNewsNIC AsiaPoliticPrime MinisterSher Bahadur DeubatourismtouristVaccineVoteWeatherWorld Economics News
Comments (0)
Add Comment