कालिकोटमा बिष्फोट : दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

१२ कार्तिक, कालिकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा शनिबार भएको बम विस्फोटमा दुई बालिकाको मृत्यु भएको छ । बर्मको छर्रा लागेर ३ जना घाइते भएका छन् ।

शनिबार बिहान ८ बजेतिर स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै भएको थियो । अर्का ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जनाए ।

उनका अनुसार अहिलेसम्म बम नयाँ हो वा पुरानो भन्ने खुलेको छैन । गम्भीर घाइते भएका तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना रानालाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

बम विस्फोट भएको जमिनमा प्वाल परेको र नजिकै दुईवटा बमका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment