अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

०९ कार्तिक, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकाे घरमा चोरी भएको छ ।

प्रियंकाको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले इमेज खबरलाई बताएका छन् ।

उनीहरूको घरमा लक्ष्मीपूजाको दिन राति ९ देखि १० बजेको समयमा चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका गरगहना चोरी गरेको एसपी शाहीले बताएका छन् ।

प्रियंका र आयुष्मान लक्ष्मीपूजा सकेर खाना खान बहिर गएको समयमा चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment