के छ त गोवर्धनपूजा, म्यपूजा, गोरू पूजा, नेपाली संवतको धार्मिक महत्व?

०८ कार्तिक, काठमाडौ । मिती २०७९ साल कार्तिक ९ गते बुधबार कार्तिकशुक्ल प्रतिपदा तिथी अपरान्ह: ३ / ३५ बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ हुने भएकोले गोवर्धन पूजा चौथो दिन मनाइन्छ।पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो ।विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे ।गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए ।कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिनुहुन्छ र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ ।त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।कार्तिकशुक्ल प्रतिपदा गोवर्धन पूजाको दिन ,यो दिन गोरुको पूजा गरिन्छ।सर्वप्रथम नन्दबाबाले इन्द्रको पूजा गर्नु भएको थियो र भगवान श्रीकृष्णले थाहा पाएर त्यो इन्द्रको पूजा हटाई गोवर्धन पर्वतको पूजा गर्नु भएको थियो।गोवर्धन पर्वत स्वयम् परमात्मा भगवान श्रीकृष्ण बनि छपन्न भोग {छपन्न थरि भगवानलाई चढ्ने खानेकुराहरु}ग्रहण गर्नु भएको थियो।त्यसैले आजको दिन गाई ,गोवर्धनको पूजा सकेर प्रार्थना गर्नु पर्दछ।

“गोवर्धन धराधार गोकुल त्राणकारक।
विष्णुबाहुकृतोच्छ्राय गवां कोटिप्रदो भव।।
या लक्ष्मीर्लोकपालानं धेनुरुपेण संस्थिता।
घृतं वहति यज्ञार्थे मम पाप

पृथ्वीको धारण गर्नुहुने गोवर्धन!हजुर गोकुलको रक्षक हुनुहुन्छ।भगवान श्रीकृष्णले हजुरलाई आफ्नु हातको कान्छी औंला माथि उठाउनु भएको थियो।हजुर मलाई कोटि-कोटि गाईहरु प्रदान गर्नुहोस किनकि लोकपालहरुको जो लक्ष्मी गाइकोरुपमा स्थित हुनुहुन्छ र यज्ञको लागि हजुर घ्यु प्रदान गर्नुहुन्छ वहाँले मेरो पापहरु नास गर्नुहुन्छ।
यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ ।आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ।यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न।यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ ।नेवाहरूको नयाँ वर्ष पनि हो ।ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु भएको हो । अहिले ने. सं. ११४३ सुरु हुदैछ ।नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रो अनुसार नै मनाइन्छ ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment