ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा १९औँ ‘काग सम्मेलन’ सप्पन्न

०६ कार्तिक, काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएकाे छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९औँ काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए ।

उनले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेको थियो । तर सोचेजस्तो काग नआएको उनले बताए । उनले भने,‘ आवाजको रेन्ज टाढासम्म नपुगेर धेरै काग आएन ।’

दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment