मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नं.८ मा निशुल्क स्वास्थ्य सिविर सम्पन्न (भिडियोसहित)

कार्तिक, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ मा मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नं.८ मा निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नं.८ मा आज लगभग ३ सय ७५० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष हरिभक्त पुडासैनीले डिजिटल खबरलाई जानकारी गराउनु भयाे ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीकाे प्रमुख आतिथ्यमा गोठाटारमा वडा नं ८ माे कार्यालय परिसरमा कार्यक्रम आयाेजना गरिएकाे थियो । कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख कार्कीले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिएर मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम गरिरहेको बताउदै ज्येष्ठ नागरिकहरुको घर घरमैं स्वास्थ्य सेवा पुर्याउने नीति अनुसार कार्य गरिरहेको बताउनुभयो ।

आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीति अनुसार नगरपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नगर प्रमुख कार्कीको भनाई थियो । मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रमबाट लाभ लिन नगरबासीहरुलाई नगर प्रमुख कार्कीले आग्रह पनि गर्नुभएको थियो । नगरपालिकाले सबै वडाहरुमा मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा दिइरहेको छ र दिदैनै जाने कुरा प्रस्ट पार्नुभयाे ।

मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम वडा नं.७ र ९ मा सम्पन्न भैसकेको छ भने अन्य वडाहरुमा संचालनको क्रममा रहेको स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले वडामा भएका सबै ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउन वडा कार्यालय र सबै जनप्रतिनिधिहरु लागिपरेको र अशक्त बा आमाहरू जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सिविरमा ल्याउने लाने ब्यवस्था समेत गरिएकाे जानकारी गराउनु भयाे ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँडी र स्वास्थ्य सहसंयोजक लक्ष्मी कोइरालाले मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रममा सहभागी भई आवश्यक लाभ लिन नगरबासीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य गुनकेसरी श्रेष्ठ, नगर सभा सदस्यहरु मुक्तिनाथ दाहाल, सिताराम आचार्य, सुनिता चापागाई लगायत वडाका कर्मचारीहरु लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो
कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment