करिब तीन महिनापछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला खुल्यो

२८ असोज, काठमाडौं । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनले भने, ‘हिजो नेविसंघको केन्द्रिय पदाधिकारी आएर ताला खोलेर जानुभयो । अब त्रिवि पूर्ण रुपमा खुलेको छ ।’ असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको थियो। उनका अनुसार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ताला खोलेका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले भदौ २७ गते त्रिवि नेविसंघ समितिको बिघटन गरेका थिए । त्रिविको आर्थिक प्रशासन महाशाखाको मुख्य कक्षमा उपत्यका नेविसंघले असार २७ गते लगाएको ताला असोज ५ गते खोलिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा निरन्तर तालाबन्दीको कारण शिक्षक, कर्मचारीहरुको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरुले पेन्सनलगायत रोकिएपछि त्रिवि कर्मचारीहरुले ताला खोल्न अपील गर्दै विज्ञप्ति निकालेपछि ताला खुलेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment