नवलपुरमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ असाेज, नवलपुर । पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।

भारतबाट ग्यास बोकेर आएको २४६० नम्बरको ट्यांकर त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका १८ वर्षीय जयनारायण पालको मृत्यू भएको छ। यस्तै घाइते भएका ४२ वर्षीय अजयकुमार सिंहको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।



मल्टिमिडिया ग्यालरी

businesscrime and accidentdigital khabarNewsPolitic
Comments (0)
Add Comment