विश्वको सबैभन्दा सस्तो विद्युतीय कारको बुकिङ आजबाट शुरु

२४ असाेज, एजेन्सी । टाटा मोटर्सको सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो इलेक्ट्रिकको बुकिङ भारतमा आजबाट सुरु हुँदैछ । यो कारको डेलिभरी जनवरी २०२३ देखि सुरु हुनेछ। टाटा टियागोमा ५ कलर विकल्पहरू पाउनुहुनेछ।

यसको प्रारम्भिक मूल्य ८.४९ लाख रुपैयाँ भारु छ। यो देशकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हो । यो ईभीले एक पटक चार्जमा ३१५ किलोमिटरको रेन्ज पाउनेछ। इभी फास्ट चार्जरको साथ टियागो ब्याट्री ८० प्रतिशत चार्ज गर्न ५७ मिनेट लाग्नेछ।

टियागोले ८ स्पिकर सिस्टम, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, पुस बटन स्टार्ट र स्टप, इलेक्ट्रिक ओआरभीएम र अन्य धेरै सुविधाहरु पाउँछ । भारतमा सबैभन्दा सुरक्षित इलेक्ट्रिक ह्याचब्याक हो।

ब्याट्री र मोटर वारेन्टी यो इभीमा १.६० लाख किमीसम्म उपलब्ध हुने कम्पनीको दावी छ। टाटा टियागो ईभीमा दुईवटा ड्राइभिङ मोड उपलब्ध हुनेछन्। यो ईभीले ५.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति पकड्नेछ।



मल्टिमिडिया ग्यालरी

businessnepalPolitic
Comments (0)
Add Comment