अष्ट्रेलियाको दरबार रेष्टुरेन्टको आयोजनामा अभीभावक बनभोज सम्पन्न

२४ असाेज, अस्ट्रेलिया । अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत पर्ने न्यू क्यासलमा नेपालबाट आफना छोरा छोरी भेट्न आउनु भएका बुवा आमाहरुलाइ दरबार रेष्टुरेन्ट्सले बनभोज आयोजना गरेको छ । बुवाआमाहरुलाइ एकै दिन भनेपनि खुसी एवं मनोरन्जन दिन पॉंउदा खुसी लागेको कुरा आयोजक भन्छन् । बुवाआमाहरु सहित चालिसजनाको टोलि बनभोज गएकाे थियो । यसरी कार्यक्रम आयाेजना गरेर बिदेसमा रहेकका नेपालीहरूकाे यक्येबद्वता देखाएकाेमा ज्यादैखुशी लागेकाे बरिष्ठ फाेटाे पत्रकार प्रदिप कुमार श्रेष्ठले डिजिटल खबर लाई जानकारी दिए ।

यस पिननिक कार्यक्रममा नेपालबाट अस्ट्रेलिया मा बस्ने आफ्ना छाेरा छाेरीलाई भेट्न आएका अभिभावकलाई सुन्यता नहाेस भनेर कार्यक्रम अआयाेजना गरिएकाे थियाे । कार्यक्रम दरवार ब्याङकेटमा जम्मा भई चियापानबाट शुरु भएकाे कार्यक्रम नेल्सन बे पुगेर विभिन्न कार्यक्रम गरिमनाईयाेका । कार्यक्रममा आफ्नाे आफ्नाे परिचय नाचगान पनि भएकाे थियाे । जानेबेलामा आयाेजका सदस्य रबिन श्रेष्ठले बाटाेमा देखिएका विभिन्न ठाँउहरुकाे बारे जानकारी दिदै अबलाेकन समेत गराउनु भएकाे थियाे भने अर्का सदस्य विशाल श्रेष्ठले नाचगानकाे लागि सहजिकरण गरेका थिए । नेल्सन बे पुगेपछि सबै अभिभावक अत्यन्त खुशी भई समुन्द्र देखिने गरि फाेटाे खिच्दै रमाएका थिए ।

दरबार रेष्टुरेन्ट एण्ड इभेन्ट्सको सहकार्यमा तोर्सी फाइनान्सीयल, सिड्नी ट्राभल्स र ओर्बिट अष्ट्रेलिया ग्रुप सहयोग रहेको बनभोज नेल्सन वे मा ९ अक्टुवर आइतबार दिन गरिएको थियो । आफुहरुलाइ यसरी रमाइलो गर्न बनभोज आजोयना गरिदिएर रमाइलो बनाइदिएकोमा बुवा आमाहरुलाइ आयोजकलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । बुवाआमाहरु खुसी मनाउदै बसमा समेत नाच्दै गॉंउदै जानुभएको र दिनै भरि रमाइलो गर्नु भएको थियो । वातावरण प्रतिकुल रहँदा सॉंझमा दरबार रेष्टुरेन्टमा फर्किएर डिनर खाएर नाच गान गर्दै रमाइलो गर्नुभएको कुरा आयोजक श्रेष्ठले बताउनुभयो ।

यसकार्यक्रमले हामी नेपालबाट अाएका अभिभावकलाई यसरी घुमाउदा आत्मासम्मान बढेकाे कुरा सहभागिहरुले बताए यसलाई अझ राम्राे बनाउन र अरु नेपालीहरुलाई समेट्न गरि कार्यक्रम गर्न सुझाव पनि प्राप्त भयाे । सकिन्छ भने यहाँ बस्ने बच्चा बच्चिहरुलाई मातृभाषा सिकाउनकाे लागि सके स्कुल नभए पनि हाेम ट्युसन पनि ब्यबस्था गरे सुनमा सुगन्ध हुने कुरामा सबै सहमत भई सुझाब पनि अबिबेक्त दिनु भयाे । भने सदस्य विनाेदले अभिभावककाे सुझाव सल्लाहलाई सर्बेपरि गरि अगाडि बढ्ने दृढ सङकल्प गर्नु भयाे ।

अन्तमा सरप्राईजकाे रुप सुरेश सुवालले र अमर ज्युलले आयाेजककाे तर्फबाट सबै सहभागिलाई उपहार स्वरुप सबै बसेकाे फाेटाे उपहार प्रदान गर्नुभयाे । यसमा विशेष गरि यश बनभाेज कार्यक्रममा सजिलै नेल्सन लगेर फेरि दरवार ब्याङकेटमा सहजै ल्याई दिनुहुने बैकुण्ठ ज्युलाई सहभागिकाे तर्फबाट प्रदीपकुमार श्रेष्ठले आयाेजक टिम सहयाेगिहरुलाई धन्बाद ब्यक्त गर्नु भयाे ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment