काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ

१३ असाेज,काठमाडाैं । काठमाडौँको टोखा नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment